बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दिनमा तीन कपभन्दा बढि चिया पिउनुहुन्छ भने यो खबर तपाईंकै लागि

मङ्गलबार, २७ भदौ २०७४, १६ : २१
मङ्गलबार, २७ भदौ २०७४

यूनिभर्सिटी अफ ग्लासगोको अनुसन्धान अनुसार एक दिनमा तीन कपभन्दा बढि चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । डाइटिसियन डा. अलका दुबेकेका अनुसार चियामा क्याफिनका साथै विभिन्न पोषक तत्व पाइन्छ जसको अत्यधिक सेवनले शरिरमा नकारात्मक असर पुर्याउने गर्दछ । त्यसकारण धेरै
चिया पिउनेहरुले यसको मात्रामा कमी गर्नुपर्छ । डा. दुबेले धेरै चिया पिउँदा हुने नोक्सानीबारे जानकारी दिएका छन् ।

(स्रोतः यूरोपियन जर्नल अफ क्लिनिकल न्यूट्रिशनको अनुसन्धान)

१. चियामा क्याफिन हुन्छ ।

नोक्सानीः धेरै चिया पिउँदा डर लाग्ने र अस्थिर हुने समस्या देखिन्छ ।

२. चियामा ट्यानिन, टायलिन हुन्छ ।

नोक्सानीः अपचको समस्या निम्तिने गर्दछ । पेटको समस्या बढ्न सक्छ ।

३. चियामा फ्लोराइडको मात्रा धेरै हुन्छ ।

नोक्सानीः यसले हड्डी कमजोर हुने गर्दछ । (न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनको सोध)

४. चियामा फाइटोकेमिकल्स हुन्छ ।

नोक्सानीः धेरै चिया पिउँदा निन्द्रा नलाग्ने समस्या हुनसक्छ ।

५. चियामा पाइने क्याफेनले लत लाग्ने गर्दछ ।

नोक्सानीः चिया खाने बानी लागेकाहरुलाई समयमा चिया नपाउँदा टाउको दुख्ने, थकान, सुस्त अनुभव हुने गर्दछ ।

६. धेरै तातो चिया पिउँदा मुखलाई पेटसँग जोड्ने नली खराब हुने गर्दछ ।

नोक्सानीः यसले क्यान्सरको खतरा निम्त्याउन सक्छ । (ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित शोध अनुसार)

७. पाँच कपभन्दा बढि चिया पिउनेहरुको पिसाब ४ सय–५ सय प्रतिशत बढ्ने गर्दछ ।

नोक्सानीः यसले मृगौलामा धेरै दबाब पर्दछ र मृगौलामा समस्या हुनसक्छ ।

८. धेरै चिया पिउँदा बारम्बार पिसाब लाग्दछः

नोक्सानीः छिटो छिटो पिसाब लाग्दा सोडियम, पोटासियमजस्ता शरिरका लागि अत्यावश्यक तत्व पनि बाहिर निस्कने गर्दछ र कमजोरी बढ्ने गर्दछ ।

९. चियामा हुने क्याफिनका कारण छिटो छिटो पिसाब लाग्दछ ।

नोक्सानीः यसले शरिरको पानी बाहिर निस्कने गर्दछ र डिहाइड्रेसनको समस्या हुनसक्छ ।

१०. यसमा एल्युमिनियमजस्ता थुप्रै टक्सिन पाइन्छ ।

नोक्सानीः यसले छालाको समस्या जस्तै डण्डीफोर र डाबरको समस्या हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप