शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्ण कार्की र अप्सरा घिमिरको ‘डुब्लिकेट माया’

बिहीबार, २२ साउन २०७७, २२ : १७
बिहीबार, २२ साउन २०७७

काठमाडौं – गायक कृष्ण कार्कीको स्वरमा ‘डुब्लिकेट माया’ युट्युबमा सार्वजनिक भएको छ । 

बिहीबार सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको यो गीतमा गायक कार्कीसँगै अप्सरा घिमिरेको पनि स्वर रहेको छ । 

यसअघि ‘घरबार’ बोलको गीत गाएर चर्चामा आएका गायक कार्कीको नयाँ गीत  ‘डुब्लिकेट माया’ मा टुरिष्ट जंग बिकको शब्द रहेको छ भने सन्तोष सुनारको संगित रहेको छ । 

यसैगरी, रिकेश गुरुङले एरेन्ज गरेको यस गीतलाई मनोज बस्नेतले निर्देशन गरेका छन् । गीतमा अभिनेता नाजिर हुसेन, अभिनेत्री आँचल शर्मा र लोकप्रिय हाँस्यकलाकार सागर लम्साल ‘बले’ को अभिनय रहेको छ । 

उक्त गीत एट के एभेरेष्ट मोशन पिक्चर्सको युट्युब एकाउन्टमार्फत सार्वजनिक भएको छ । 

भिडियोः 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप