बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तामाकोशी नदीमा एक्कासि बहाव बढेपछि बज्यो साइरन

बिहीबार, २२ साउन २०७७, २२ : ३९
बिहीबार, २२ साउन २०७७

काठमाडौं । तामाकोसी नदीको बहाव एक्कासि बढेपछि नदी क्षेत्र आसपास त्रास बढेको छ । बिहीबार साँझदेखि दोलखाको उत्तरी क्षेत्र गौरीशंकर, खारे लगायतका स्थानमा भारी वर्षापछि तामाकोशीमा पानीको सतह ह्वात्तै बढेको हो । अत्याधिक वर्षापछि सो क्षेत्रका सिप्रिङ खोला, सिंगटी खोला लगायतका सहायक खोलाहरुमा समेत बहाव बढेको छ ।

तामाकोशी जलविद्युत आयोजनाका अधिकारीहरुलाई उदृत गर्दै स्थानीय सञ्चारकर्मीहरुले जनाएअनुसार तामाकोशीको बहाव सतर्क तहभन्दा माथि पुग्दा बज्ने जगत पुलमा राखिएको साइरन बजेको छ । स्थानीय अधिकारीहरुले तामाकोशी नदी आसपासका सर्वसाधारलाई सचेत र सुरक्षित रहन आग्रह गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप