बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वुल्भ्स र सेभिया युरोपा लिगको क्वार्टरफाइनलमा

शुक्रबार, २३ साउन २०७७, ०९ : ०३
शुक्रबार, २३ साउन २०७७

इङ्ग्लिस क्लब वुल्भ्स ४८ वर्षमा पहिलोपटक युरोपियन प्रतियोगिताका क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ओलम्पियाकोसलाई १–० ले हराउँदै समग्रमा २–१ को जीतसहित वुल्भ्सले युरोपा लिगको अन्तिम ८ मा स्थानमा बनाउन सफल भएको हो ।

खेलमा राउल जिमेनेजले खेलमो आठौँ मिनेटमा पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो । यो सिजन सबै प्रतियोगितामा उनको यो २७ औँ गोल हो । वुल्भ्स पछिल्लो पटक सन् १९७२ मा युइएफएको कपमा फाइनलमा पुगेको थियो । उक्त खेलमा वुल्भस टोटनह्यामसँग पराजित भएको थियो ।

उता, पाँच पटकको विजेता सेभियाले पनि इटालियन क्लब रोमालाई २–० ले पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ । खेलमा रियल म्याड्रिडबाट लोनमा रहेका सर्जियो रेगुलियन र योसेफ एन नेसरीले गोल गरे । जीतपछि अब अन्तिम आठमा सेभियाले वुल्भ्सको सामना गर्नेछ ।

बिहीबार भएको अन्य खेलमा बायर लेभरक्युजनले रेन्जरलाई समग्रमा ४–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा लेभरक्युजन १–० ले विजयी बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप