बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालन

शुक्रबार, २३ साउन २०७७, ११ : ५५
शुक्रबार, २३ साउन २०७७

पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । 

यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११  बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।   

पहिरो हटाइ आज बिहान ९ बजेबाट एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिए । 

थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र पहिरो पूर्णरूपमा हटाई  दुईतर्फी यातायात सञ्चालन गरिने उनले बताए ।  

सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ धादिङको चरौदीँ र चितवनतर्फ इच्छाकामना–३ फिस्लिङसम्म सवारी जाम हुन पुगेका थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप