शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजपाको हेडक्वाटर सर्लाहीमै राजपा कमजोर !

मङ्गलबार, २७ भदौ २०७४, १७ : २२
मङ्गलबार, २७ भदौ २०७४

नेत्र पन्थी र एसके यादव

सर्लाही - तराई मधेसमा तीन ठूला दल र मधेसवादी दलका बीचमा पहिलो पार्टी हुने होडबाजी चलिरहेको छ ।

असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको तयारीमा दलहरू जुटिसकेका छन् । सबै दल आफू एक नम्बरको हुने दाबीसहित मैदानमा छन् । काङ्ग्रेसले मधेस आफ्नो आधारभूमि हो त्यहाँ एक नम्बर हुने दाबी गर्दै आएका छन् । माओवादी केन्द्रले मधेसी जनताको आकर्षण आफ्नो पार्टीप्रति बढेको कारण एक नम्बरको पार्टी बन्ने दाबी गरेको छ भने एमालेले मधेसमा विकासका योजना आफ्नो दलले ल्याएका कारण एक नम्बर बन्ने दाबी गरेको छ ।

त्यसमा फोरम नेपाल र राजपा नेपालले दाबी नगर्ने कुरै हुँदैन । यी दुवै दल मधेस आन्दोलनबाट जन्मेका हुनाले मधेसमा आफ्नो पार्टी एक नम्बरको हुने दाबी गरिरहेका छन् । तर कुन दल पहिलो हुने त्यो कुरा निर्वाचनपछि आउने परिणामले नै देखाउँछ । राजपा नेपालले एक नम्बर हुनका लागि जे जस्तो दावी गरिरहेका छन्, त्यसमा सबभन्दा ठूलो आधार सर्लाहीलाई मानेको छ । दुई नम्बर प्रदेशमा सबभन्दा बढी सिट त्यहीँबाट जित्ने दाबी राजपा नेपालको रहेको छ । 

यहँँसम्म कि सो जिल्लामा अरू दलको खातासमेत खोल्न नदिने घोषणा नै गरेका थिए । छवटा चुनावी क्षेत्र रहेको त्यहाँ सबै तहमा राजपा नेपालले नै जित्ने दाबी उसको थियो ।

तर पछिल्लो समय त्यही जिल्ला बिग्रेको छ । सर्लाहीलाई लिएर राजपा नेपाल पार्टीको भविष्य निर्धारण हुने विश्लेषण भइरहेको छ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरूले पनि सर्लाहीबाट धेरै आशा लिएर बसेका थिए तर पछिल्लो समयमा पार्टीमा देखिएको आन्तरिक द्वन्द्वका कारण सर्लाहीमा स्थानीय चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका राजपा नेपालका नेताहरू निराश देखिएका छन् । 

अध्यक्ष मण्डलमा रहेका छजनामध्ये तीनजना अध्यक्षको गृह जिल्ला सर्लाही रहेको कारण प्रतिष्ठासँग जोडेर त्यहाँ एक नम्बरको पार्टी जसरी पनि बनाउनुपर्ने राजपा नेपालको योजना छ । अध्यक्ष मण्डलमा रहेका छजना सदस्यमध्ये महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रराय यादव सर्लाहीकै हुन् । साथै अन्य थुप्रै पदाधिकारी पनि सर्लाहीका भएका कारणले सर्लाही जित्नुपर्छ भन्ने उद्देश्यले राजपा नेपाल चुनावी अभियानमा लागि परेका छन् ।

तर पहिलाको भन्दा अहिले राजपा नेपालका लागि सर्लाहीको अवस्था फेरिएको छ । टिकट वितरणको बेला राजपा नेपालबाट जनाधार भएका नेताहरू पार्टीलाई छाडेर हिँडेपछि पार्टी कमजोर भएको छ र त्यसको प्रत्यक्ष मार चुनावमा पर्ने भएको छ । जति जित्ने आँकलन गरेको थियो, त्यति नआउने केन्द्रीय नेताहरूले नै स्वीकार गरिसकेका छन् । 

भदौ २४ गते सर्लाहीमा भेट भएका राजपा नेपालका एक वरिष्ठ नेताले भने– राजपा नेपालको भविष्य निर्धारण सर्लाहीबाट नै हुनेछ । सर्लाहीमा एक नम्बरको पार्टी बनाउन सके पार्टीको प्रतिष्ठा रहन सक्छ नभए पार्टी नै समाप्त हुन्छ ।’

दोस्रो संविधानसभा चुनावमा दुई लाख ६१ हजार ८९१ मत खसेको थियो । त्यसमध्ये राजपा नेपालले मात्र ९२ हजार २१२ मत ल्याएको थियो । त्यतिबेला राजपा नेपालमा रहेका छवटा दलले छुट्टा छुट्टै चुनाव लडेको थियो । दुई नम्बर प्रदेशमा तीनवटा सिट प्रत्यक्षमा जितेको राजपा नेपालले सर्लाहीबाट दुईटा सिट हात पारेको हो । यस हिसाबले अरू जिल्लाको तुलनामा राजपा नेपाल यहाँ बलियो नै देखिन्छ । 

तर, चुनावकै मुखमा सर्लाही क्षेत्र नम्बर ५ बाट नौ हजार ७६७ मत लिएर जितेका सांसद जङ्गीलाल राय यादव र क्षेत्र नम्बर ६ मा राम्रो प्रभाव बनाएका शिवपुजन राय यादवलगायतले पार्टी छाडेर हिँडेपछि सो जिल्लामा राजपा नेपाललाई ठूलो धक्का लागेको छ । 

यी दुईजना नेतालगायत अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पनि पार्टी छाडेर हिँडेपछि त्यहाँ जित्नका लागि हम्मे हम्मे भएको छ । भदौ २४ गते सर्लाहीमा भेट भएका राजपा नेपालका एक वरिष्ठ नेताले भने– राजपा नेपालको भविष्य निर्धारण सर्लाहीबाट नै हुनेछ । सर्लाहीमा एक नम्बरको पार्टी बनाउन सके पार्टीको प्रतिष्ठा रहन सक्छ नभए पार्टी नै समाप्त हुन्छ ।’

मधेस ग्राउण्ड जिरो

‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेश बन्यो भिडन्तको केन्द्र

२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)

उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास !

अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : तनावपूर्ण आन्दोलन भएको मधेशमा कस्तो छ चुनावी सुरक्षा ?

 ‘इपिसेन्टर’ मधेश : चियापसलदेखि रक्सी भट्टीसम्म चुनावकै बहस

जनकपुरमा यस्तो छ साहुबीचको ‘महाटक्कर’

भारतीय गाडीमा झण्डा फहराउँदै यसरी भइरहेछ प्रचारप्रसार (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : बाढीले बगायो दुई नम्बर प्रदेशको ठूलो एजेन्डा

मलङ्गवाकी ‘हट’ उम्मेदवार राधा मौसी : ठूला दललाई ठूलै थ्रेट

मधेश आन्दोलनका शहीदका आमा–बुवा भन्छन् : ‘भोटको कुरा गर्दै नगर्नुस्’

‘इपिसेन्टर’ मधेस : तराई मधेसमा मुस्लिम समुदायको भोट कसलाई ?

स्थानीय तहको चुनावका लागि टिकट वितरण हुँदा जिल्लाका प्रत्येक तहमा विवाद देखिएको छ । कुनै पनि तहमा सर्वसम्मतिले टिकट पाइएको छैन । राजपा नेपालको महासचिव पदबाट राजीनामा दिएका जङ्गीलाल राय यादवले पार्टीभित्र केही नेताको मनमौजीका कारण पार्टीको यो अवस्था पुगेको दाबी गरे । उनले भने– टिकट वितरणमा पारदर्शिता होस्, कुनै प्रकारको विवाद नहोस् भनेर उच्च स्तरीय पर्यवेक्षक बनाएर पठाएको थियो । पर्यवेक्षकले सबैको सहमतिमा छलफल गरेर टिकटको टुङ्गो लगाएर केन्द्रमा पठाएको थियो तर उच्च स्तरीय प्रयवेक्षकले दिएको प्रतिवेदन अनुसार टिकट वितरण नगरेर जथाभावी टिकट वितरण गरेको छ ।’
उच्च स्तरीय पर्यवेक्षक समितिमा स्वयं आफै रहेका जङ्गीलालले आफूहरूले सिफारिश गरेको टिकटमध्ये १६ जनाको नाम अध्यक्ष मण्डलले हटाएको छ जब कि पर्यवेक्षकले सिफारिश गरेका मध्येबाट नै टिकट दिने निर्णय पार्टीभित्र रहेको छ । 

जङ्गीलालले भने, यदि मैले सिफारिश गरेको व्यक्तिलाई टिकट दिएको भए, सर्लाहीमा १४ भन्दा बढी सिट जित्थ्यौँ, यो कुरा मैले अध्यक्ष मण्डललाई पनि भनेको हुँ, टिकट सिफारिश गर्दा राजेन्द्र महतोले सोध्नुभएको थियो कि कतिवटा जिताउनु हुन्छ अनि मैले भने, मैले सिफारिश गरेकालाई टिकट दिनुस् म सबै जिताएर देखाइदिन्छु । यदि त्यसमध्ये एकजना पनि हारे भने म पनि चुनाव लड्दिनँ । तर उहाँहरूले त्यस्तो गर्नु भएन, सिफारिश भएकामध्येबाट पनि हटाइ दिनुभयो ।’

यस्तै, गुनासो शिवपुजन राय यादवको पनि रहेको छ । उनले भने– राजपा नेपालमा पैसामा टिकट किनबेच भएको छ । राजपा नेपालका केन्द्रीय अध्यक्ष मण्डलले जित्ने मान्छेलाई टिकट नदिएर आफ्ना नातागोतालाई दिएका छन् या अरू गैरराजनीतिक दलका नेताहरूको हातबाट टिकट बेचेका छन् ।’ सर्लाहीमा जनाधार भएको नेताको रूपमा परिचित शिवपुजन राय यादव दशौँ हजार नेता तथा कार्यकर्ताका साथमा माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । 

जङ्गीलाल राय यादवले छाडेपछि चुनावी क्षेत्र नम्बर पाँच राजपा नेपालको हातबाट गएको छ । हरीप्पूर्वा, ब्रह्मपुरी, कविलासी, विषुणलगायत थुप्रै नगरपालिका तथा गाउँपालिकाहरू राजपा नेपालको हातबाट गइसकेको छ । जङ्गीलाल राय यादवले एमालेलाई समर्थन गरिसकेका छन् । उनी एमालेमा आधिकारिक रूपमा नगए पनि ठाउँठाउँमा एमालेको समर्थनमा आफ्नो उम्मेवार खडा गरेका छन् । स्राते भन्छन्, पाँच नम्बर चुनावी क्षेत्रमा जङ्गीलालले एमालेलाई सातवटा तहमा समर्थन गरेका छन् भने एमालेले जङ्गीलालको तीन ठाउँमा समर्थन जनाएको छ ।’

जङ्गीलालले भने, यदि मैले सिफारिश गरेको व्यक्तिलाई टिकट दिएको भए, सर्लाहीमा १४ भन्दा बढी सिट जित्थ्यौँ, यो कुरा मैले अध्यक्ष मण्डललाई पनि भनेको हुँ, टिकट सिफारिश गर्दा राजेन्द्र महतोले सोध्नुभएको थियो कि कतिवटा जिताउनु हुन्छ अनि मैले भने, मैले सिफारिश गरेकालाई टिकट दिनुस् म सबै जिताएर देखाइदिन्छु । यदि त्यसमध्ये एकजना पनि हारे भने म पनि चुनाव लड्दिनँ । तर उहाँहरूले त्यस्तो गर्नु भएन, सिफारिश भएकामध्येबाट पनि हटाइ दिनुभयो ।’

जङ्गीलाल राय यादवका अनुसार सर्लाहीको क्षेत्र नम्बर १, २ र ३ नम्बरमा पनि राजपा नेपालको हातमा छैन । यी चुनावी क्षेत्र पहाडी बाहुल्य भएको राजमार्गसँग जोडिएका क्षेत्र हुन् । त्यहाँ राजपा नेपालले जति गरे पनि जित्ने कुनै सम्भावना थिएन, अहिले पार्टीभित्र विवाद भएको कारणले जित्ने सम्भावना छँदैछैन । 

त्यस्तै, ४, ५ र ६ मा पनि त्यही अवस्था रहेको छ । ४ नम्बर क्षेत्र राजेन्द्र महतोको क्षेत्र हो जहाँ महेन्द्रराय यादव जितेका छन् । राजेन्द्र महतोले चन्द्रनगर गाउँपालिकाका अध्यक्षका लागि महेन्द्र महतोलाई टिकट दिएका छन्, महेन्द्र महतो राजेन्द्र महतोका सहोदर दाइ तथा केन्द्रीय सचिव उपेन्द्र महतोका केन्द्रीय सचिव उपेन्द्र महतोका बुवा हुन् । 

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफ्ना भाइलाई टिकट दिएको भन्दै सो क्षेत्रमा व्यापक असन्तुष्टि रहेको छ । टिकटका लागि आकाङ्क्षी चेतनारायण महतो पार्टी छाडेर माओवादी केन्द्रमा गइसकेका छन् । चेतनारायणले टिकट पाउनुपर्छ भन्दै महेन्द्र राय यादवले निकै पहल गरेका थिए तर राजेन्द्र महतोले जबर्जस्ती आफ्नो दाइलाई टिकट दिन लगाएको प्रति असन्तुष्टि बढेको छ । 

दोस्रो सविधानसभा चुनावमा महेन्द्र राय यादवले राजेन्द्र महतोलाई हराएर जितेका थिए । यी दुईजना अहिले एउटै पार्टीमा समान पोजिसनमा रहेका छन् यद्यपि दुईजनाबीचको द्वन्द्व कायमै रहेको छ । आफूले सिफारिश गरेको व्यक्तिले टिकट नपाएपछि महेन्द्रराय यादव झन् असन्तुष्ट बनेका छन् र त्यसले गर्दा महेन्द्र महतोलाई उनले खुलेर समर्थन गर्न नसकिने सम्भावना रहेको बताइन्छ । चेतनारायण पनि सो क्षेत्रका प्रभावकारी नेतामा गिनिन्छन् । उनले पनि हजारौ कार्यकर्ताका साथ पार्टीमा प्रवेश गरेका कारण राजपा नेपालमाथि धेरै असर परेको छ । यद्यपि राजेन्द्र महतोको पकड भएको क्षेत्र तथा महेन्द्र राय यादवले खुलेर विरोध नगर्ने भएका कारणले महेन्द्र महतोलाई जित्ने सम्भावना बढेको छ । उनी यसअघिको स्थानीय चुनावमा पनि जितेका थिए । 

अमरेशका कारण ६ नम्बर चुनावी क्षेत्र राजपा नेपालका हकमा कमजोर नै थियो । त्यस अवस्थामा पनि शिवपुजन राय यादवले केही स्थानीय तह जिताउने सम्भावना थियो । तर टिकटमा धाँधली भएको भन्दै उनी माओवादी केन्द्रमा प्रवेश गरेपछि सो क्षेत्र राजपाका लागि सुनासान जस्तै भएको छ । 

त्यस्तै, क्षेत्र नम्बर पाँचमा पनि राजपा नेपालको अवस्था राम्रो छैन । तीन नगरपालिका र चार गाउँपालिका रहेको सो क्षेत्रमा जङ्गीलाल राय यादवले एमालेलाई समर्थन गरिसकेपछि राजपा नेपालको उम्मेदवारहरू कमजोर बनेका छन् र जित्ने सम्भावना एकदमै कमजोर देखिएका छन् । 
हरीपूर्वामा जङ्गीलालले प्रमोद साहलाई सिफारिश गरेका थिए तर अध्यक्ष मण्डलले वीरेन्द्र रायलाई टिकट दिएका छ । 

त्यस्तै, ब्रह्मपुरीमा रामप्रतापलाई टिकट दिएको छ, जब कि विनोद साहलाई सिफारिश भएको थियो । कविलासी नगरपालिका पनि एमालेका उम्मेदवार विनयकुमार कर्णलाई जङ्गीलाल राय यादवले समर्थन गरेका छन् । यस्ता थुप्र्र गाउँपालिका तथा नगरपालिका छन् जहाँ स्वतन्त्र उम्मेदवार खडा गरेर भए पनि राजपा नेपाललाई हराउनुपर्ने अभियान सुरु भएको छ । जङ्गीलाल भन्छन्– राजपा नेपालले बसबरिया, चकरघटा र कडैरा गरी तीन स्थानीय तह मात्र जित्न सक्छ ।’ 

६ नम्बर क्षेत्र जो महन्थ ठाकुरको चुनावी क्षेत्र हो । तर उनी त्यहाँ दुवैपटक हारेका छन् । पहिलो संविधानसभा चुनावमा फोरम नेपालको तर्फबाट चुनाव लडेर शिवपुजनले हराएका थिए भने दोस्रो संविधानसभा चुनावमा नेपाली काङ्ग्रेसका नेता डा. अमरेशकुमार सिंहले जितेका छन् । महन्थ ठाकुर तेस्रो स्थानमा र शिवपुजन दोस्रो स्थानमा छन् । 

अमरेशका कारण ६ नम्बर चुनावी क्षेत्र राजपा नेपालका हकमा कमजोर नै थियो । त्यस अवस्थामा पनि शिवपुजन राय यादवले केही स्थानीय तह जिताउने सम्भावना थियो । तर टिकटमा धाँधली भएको भन्दै उनी माओवादी केन्द्रमा प्रवेश गरेपछि सो क्षेत्र राजपाका लागि सुनासान जस्तै भएको छ । 

टिकट वितरणमा केन्द्रीय नेतृत्वले सावधानी नअपनाएको कुरा जिल्ला अध्यक्ष प्रमोद यादवले पनि स्वीकार गरेका छन् । उनी भन्छन्, सर्लाहीमा राजपा नेपालको जे अवस्था थियो त्यो अवस्था अब छैन । टिकट वितरणमा नेतृत्वले सावधानी अपनाएको भए हामी १४ भन्दा बढी सिट जित्थ्यौं तर अब त्यो अवस्था छैन । १० वटा तहसम्म जित्न सक्छौँ ।’

उनले भने– राजपा नेपाल अहिले तीन कारणले यहाँ कमजोर भएको देखिन्छ : पहिलो आन्तरिक द्वन्द्व, दोस्रो, आर्थिक चलखेल र तेस्रो, चेतना । टिकट वितरणका कारण पार्टीभित्र आन्तरिक द्वन्द्व देखिन्छ भने ठूला दलहरूले चुनावमा यति आर्थिक चलखेल गरेको छ । त्यस्तै, मधेसी जनतामा मुद्दा बुझ्ने, एजेन्डा बुझ्ने चेतनाको कमी छ ।’ जङ्गीलाल राय यादवका कारण क्षेत्र नम्बर ५ कमजोर भएको कुरा प्रमोद यादवले पनि स्वीकार गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप