शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जुनसुकै लतबाट छुटकारा पाउन एउटा सजिलो उपाय !

शनिबार, २४ साउन २०७७, ११ : ५७
शनिबार, २४ साउन २०७७

एजेन्सी – बढ्दो शहरीकरण, व्यस्त जीवनशैली र आधुनिकिकरणका कारण पछिल्लो समय युवापुस्तामा मौलाउँदै गएको कुलतको विषयमा त सबैलाई अवगत नै छ । आजभोलि कुनै न कुनै नशाको लत लागेका मानिसहरु थुप्रै भेटिन्छन् । 

तर, धेरैलाई आफूलाई लागेको नशाको लत छुटाउने उपायको बारेमा खोजी भने जरुर हुने गर्छ । धेरैले नशाको लतबाट छुटकारा पाउने उपाय खोजिरहेका हुन्छन् । 

एउटा यस्तो उपाय छ जसले कुनै पनि नशाको लत छुटाउन मद्दत गर्न सक्छ । त्यसमा दाख प्रमुख मानिन्छ । यसलाई आयुर्वेदिक औषधिको रुपमा लिइन्छ । 

जो मानिसमा धुमपान, मध्यपान, खैनी, गुट्खा, पान, तम्बाकु जस्ता पदार्थको लत लागेको छ ती व्यक्तिहरुका लागि  दाख निकै उपयोगी साबित हुनसक्छ । 

यसको लागि दाखमा मरिच, सुकमेल र दालचीनी मिसाएर मसिनो धुलो बनाउने र त्यसलाई स–सानो चक्की बनाएर राख्ने । र त्यसलाई बारम्बार मुखमा हालेर चुस्ने गर्नुपर्छ । उक्त चक्कीले नशाका कारण शरीर कमजोर हुने समस्याको पनि समाधान गर्छ । साथै, यसले पाचन प्रक्रिया समेत सक्रिय गराउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप