बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय नागरिकसहित दुई जनालाई कैद

शनिबार, २४ साउन २०७७, १३ : ३३
शनिबार, २४ साउन २०७७

मकवानपुर जिल्ला अदालत हेटौँडाले प्रतिबन्धित लागुऔषधका कारोवार तथा बिक्री वितरण गर्ने एकजना भारतीय नागरिकसहित दुई जनालाई कैद र दण्डसजाय फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले भारतको विहार राज्यको मोतिहारीका १८ वर्षीय जाकेर आलम तथा रौतहटका चन्द्रपुर नगरपालिका–६ का २० वर्षीय आशनारायण यादवलाई जनही दुई वर्ष कैद सजाय र रु एक लाख रकम दण्ड गर्ने फैसला गरेको छ । 
ती दुवै अभियुक्तलाई मकवानपुर प्रहरीले गत असोज ७ गते ना३३प २६१० नंको मोटरसाइकलमा वीरगञ्जबाट हेटाँैडातर्फ आउँदै गरेको अवस्थामा लागुऔषध नाइट्रोजन १६५ वटा प्याकेटसहित प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतमा बुझाइएको थियो । 

मोटरसाइकलधनीलाई झुक्याएर अन्य कामको प्रयोगका लागि मोटरसाइकल लिएर  हेटौँडातर्फ आएको हुँदा उक्त मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता दिने गरी फैसला भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप