बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टर्कीमा ‘कू’का विरुद्ध अझै कारबाही जारी

मङ्गलबार, २७ भदौ २०७४, १७ : ५९
मङ्गलबार, २७ भदौ २०७४

आङ्करा – टर्कीमा यहाँको गुप्तचर निकायका पूर्वकर्मचारीप्रति लक्षित गर्दै ६३ व्यक्तिलाई पक्राउ सूचना जारी गरिएको छ । 

टर्कीका सरकारी सञ्चार माध्यमले सो जानकारी दिएका छन् । 

सरकारी समाचार समिति अनाडोलुले मङ्गलबार टर्की सरकारले ती कर्मचारीलाई पक्राउका लागि पक्राउ पूर्जी जारी गरिएको जानकारी दिएको हो । 

यहाँको सरकारले उसका विरुद्ध गत वर्ष गरिएको कूको प्रयासका विरुद्धमा त्यसमा संलग्नताको आशङ्का देखाउँदै हजारौँ नागरिकलाई पक्राउ गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप