बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा साइकलयात्रीको मृत्यु, डुबेर बालकको ज्यान गयो

शनिबार, २४ साउन २०७७, १३ : ५७
शनिबार, २४ साउन २०७७

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट आज सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सरका देवनारायण यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका यादवको तत्काल स्थानीय युनिक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पूर्वबाट पश्चिम गइरहेको साइकलयात्रीलाई स१०प ८४९८ नंको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित पोखरीमा डुबेर एकजना बालकको समेत मृत्यु भएको छ । स्थानीयवासी राधेकुमार मण्डलको ५ वर्षीय छोरा शिवम मण्डलको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ  । 

घर नजीकैको पोखरीमा नुहाउन गएको बेला शिवम पोखरीमा डुबेको स्थानीयवासीले बताएका छन्  । शवपरीक्षणका लागि गजेन्द्रनारायण सिँह अस्पतालमा ल्याएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप