शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित एक जना पक्राउ

शनिबार, २४ साउन २०७७, १८ : ३६
शनिबार, २४ साउन २०७७

मोरङ ।     मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाबाट शनिबार सशस्त्र प्रहरीको टोलीले करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको दुई सय ६७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।  
    पक्राउ पर्नेमा सोही महानगरपालिका १७ बस्ने ५५ बर्षिय शेमपेन गुप्ता छन् । 

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले उल्लेखित सुनसहित पक्राउ गरेको हो । 

साईकलमा दुध बोकी हिँडिरहेको अवस्थामा शंका लागि एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित सुन फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्रको टोलीले गुप्ताको साथबाट पाँच हजार रुपैयाँ र एउटा मोबाईल सेट समेत बरामद गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप