शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सैनिक र सशस्त्र विद्रोहीबीचको झडपमा ११ जना मारिए

मङ्गलबार, २७ भदौ २०७४, १८ : २०
मङ्गलबार, २७ भदौ २०७४

कराकस – भेनेजुएलाको दक्षिणी राज्य बोलिभारको तुमेरेमो सहरमा भेनेजुएली सैनिक र सशस्त्र विद्रोहीबीच भएको झडपको क्रममा एघार व्यक्तिको मृत्यु भएको छ । 

मारिने व्यक्ति को हुन् भन्ने बारेमा खुल्न सकेको छैन । गस्तीमा रहेको सैनिक समूहमाथि हतियारधारीले आइतबार आक्रमण गरेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

स्थानीय समयानुसार आइतबार विहान ११ बजे सुरक्षा अधिकारी गस्ती गरिरहेको स्थानमा हतियारधारीले आक्रमण गरेपछि सो झडप भएको नागरिक मन्त्रालयले जानकारी दिएको छ ।  सैनिक गस्तीमा भएको सशस्त्र आतङ्ककारीको आक्रमणमा परी एक जना सैनिक घाइते भएका सेनाद्वारा जारी विज्ञप्तिमा जनाकारी दिइएको छ । 

यस घटनाको अनुसन्धान सुरु गरिएको छ । आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी नलिएको जानकारी पनि सैनिकद्वारा जारी विज्ञप्तिमा दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप