शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खोलामा खस्दा दुई बालक बेपत्ता

शनिबार, २४ साउन २०७७, २१ : ३२
शनिबार, २४ साउन २०७७

साइकलबाट खस्दा प्युठानको माडीखोलामा आज दुई बालक बेपत्ता भएका छन् । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं  ७ सोत्रे निवासी सञ्जय पार्धेका छोरा अन्दाजी ११  वर्षीय सञ्जोक  र गोपाल गौतमका छोरा अन्दाजी १० वर्षीय विपीन  बेपत्ता भएका हुन् ।

उनीहरु दुवै घर नजिकैको सडकमा साइकल चलाउँदै गर्दा सोत्रेढिकबाट करिब १०० मिटर तल माडीखोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

प्रहरी र स्थानीयवासीबाट उनीहरुको खोजी भइरहे पनि रात परेका कारण खोजीमा समस्या भएको जनाइएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप