शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

च्याम्पियन्स लिगः बार्सिलोना र बायर्न क्वार्टरफाइनलमा भिड्ने

आइतबार, २५ साउन २०७७, ०८ : ११
आइतबार, २५ साउन २०७७

नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति आफ्नो घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३–१ गोलअन्तरले विजयी बन्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

यसअघि, पहिलो लेग १–१ को बराबरी सकिएकोमा बार्सिलोनाले खेलको १० औँ मिनेटमा नै क्लेमेन्ट लेङलेटले बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि कप्तान लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । 

पहिलो हाफको इन्जुरी समयमा लुईस सुवारेजले पेनाल्टीबाट बार्साको अग्रता फराकिलो बनाए पनि लोरेन्जो इन्सिग्नेले पेनाल्टीबाट एक गोल फर्काउँदै नाटकीय पहिलो हाफ अन्त्य भयो ।

दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि बार्सिलोनाले समग्रमा ४–२ को जीत हासिल गर्न सफल रह्यो । सन् २००६–०७ सिजन यता बार्सिलोना हरेक पटक प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अब बार्सिलोनाले अन्तिम आठमा जर्मन च्याम्पियन बायर्न म्युनिखको सामना गर्नेछ । बायर्नले शनिबार नै इंग्लिस क्लब चेल्सीलाई ४–१ ले हराउँदै समग्रमा ७–१ को जीत हासिल गर्दै क्वार्टरफाइनलमा स्थान बनायो ।

बायर्नको जीतमा रोबर्ट लेवान्डोस्कीले दुई तथा इभान पेरिसिच र कोरिन्टिन टोलिसोले एक–एक गोल गरे । चेल्सीका लागि ट्यामी इब्राहिमले सान्तवना गोल गरेका थिए ।

पहिलो लेगमा बायर्न ३–० ले विजयी बनेको थियो । चेल्सीले सन् २०१९–२० सिजनमा सबै प्रतियोगितामा ५५ खेलमा ७९ गोल खाएको छ ।

स्रोत : बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप