पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु
आइतबार, २५ साउन २०७७, ०८ : ३१
पोखरा – पोखरामा पहिलो पटक कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
गत शनिबार कोरोना संक्रमण पुष्टि भएका ति पुरुषको गए राति अन्दाजी ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले पुष्टि गरे । उनका अनुसार मृतक पुरुष मधुमेहका दीर्घ रोगी समेत थिए । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक