शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका सरुलाई उत्कृष्ट अवार्ड

मङ्गलबार, २७ भदौ २०७४, १८ : ५४
मङ्गलबार, २७ भदौ २०७४

काठमाडौं – गायिका सरु गौतमले उत्कृष्ट अवार्ड हात परेकी छन् ।  ओएस नेपालले हालै राजधानीमा आयोजना गरेको ‘ओएस नेपाल म्युजिक अवार्ड २०७४’मा उनले आधुनिक गायिका तर्फ उत्कृष्ट अवार्ड हात पारेकी हुन् ।

आफ्नै शब्द तथा टंक बुढाथोकीको संगीत रहेको ‘के यो माया हो’ बोलको गीतबाट उनी अवार्डको हकदार बनेकी हुन् । बिभिन्न सांगीतिक कार्यक्रमको सिलसिलामा देश तथा बिदेशसम्मको यात्रा गरिसकेकी उनी अवार्डले गायनमा अझ राम्रो गीत संगीत श्रृजना गर्न हौसला मिलेको बताउँछिन् ।

केही बर्ष पहिले ‘अपार माया हाम्रो कहिले टुट्दैन’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी गायिका गौतमका ‘साईला मेरो साईला, तिम्रो र मेरो सम्बन्ध छुटयो’ जस्ता गीत चर्चित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप