शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

आइतबार, २५ साउन २०७७, १२ : १७
आइतबार, २५ साउन २०७७

सल्यानबाट यही साउन १७ गते जुगल आएका जुगल–५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ । 

शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित  वडा नं ५  कार्यालयसमेत बन्द गरिएको हो । वडा नं ५ मा नै गाउँपालिका कार्यालय रहेकाले गाउँपालिका कार्यालय पनि बन्द गरिएको हो ।

आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन  र भदौ १५ देखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णयअनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् । 

उनीहरुले सल्यानबाट आउँदा काठमाडौँको थानकोटमा पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनीहरु सिन्धुपाल्चोक आएको जुगल–५ का वडाध्यक्ष सनत अधिकारीले बताए । उनीहरुले धेरै मानिससँग भेटघाट गरेको पाइएको जनाइएको छ । 

हाल दुई शिक्षकमध्ये एक जना टेकु प्रयोगशाला र अर्का जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब केही दिनमा नै कन्ट्याक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप