शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेमिली ब्राण्डको तेल गुणस्तरहीन, उद्योगमा शिलबन्दी

मङ्गलबार, २७ भदौ २०७४, १९ : ०३
मङ्गलबार, २७ भदौ २०७४

काठमाडौँ । गुणस्तरहीन तेल उत्पादन गरेको पाइएपछि बारामा रहेको शिव शक्ति ध्यु उद्योगमा मंगलबार शिलबन्दी गरिएको छ । 

उद्योगले उत्पादन गर्ने फेमिली ब्राण्डको तेलमा कमजोरी भेटिएपछि आपूर्ती विभागले उद्योगमा शिलबन्दी गरेको हो ।

तेल गुणस्तरहीन रहेको भन्दै उजुरी परेको आधारमा तेलको गुणस्तर परिक्षण गर्दा तेलको गुणस्तर मापदण्ड बमोजिम नरहेको भेटिएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा विभागको टोलीले आज साँझ शिलबन्दी गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप