बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नयाँ फर्म दर्ताको काम बन्द, नवीकरण दैनिक २० वटा मात्रै

आइतबार, २५ साउन २०७७, १३ : ४०
आइतबार, २५ साउन २०७७

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्नो सेवालाई आंशिक रुपमा बन्द गरेको छ । संक्रमणको जोखिम बढेसँगै विभागले नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता कार्यहरु, अत्यावश्यकबाहेक अन्य व्यापारमूलक प्रकृतिका फर्मको इजाजत दिने कार्यहरु बन्द गरेको हो । आइतबारदेखि लागु भएको सो नियम आगामी भदौ ८ गतेसम्म जारी रहनेछ । 

नयाँ इजाजत तथा दर्ता बन्द गरे पनि विभागले दैनिक २० वटाको दरले नवीकरण, संशोधन तथा खारेजीको काम भने गर्नसक्ने  जनाएको छ । ती सेवाहरुका लागि सुरुमा अनलाइनबाटै निवेदन दिनुपर्ने र अनलाइनबाट पेश भएको निवेदन स्वीकृत भएपछि मात्रै कार्यालयमा आउनुपर्ने विभागले स्पष्ठ पारको छ । विभागले एजेन्सीहरुको नवीकरण कार्यालाई पनि आंशिक सञ्चालनको सूचीमै राखेको छ । 

यद्यपि बजार अनुगमन, आयात निर्यात अनुमति इजाजतपत्रसम्बन्धि कार्य तथा मुद्दासम्बन्धी सेवाहरु भने नियमित रुपमा सञ्चालन गर्ने जनाएको छ । 

विभागमा प्रवक्ता रबीन्द्र आचार्यले भौतिक रुपमा उपस्थित भएरै गर्नुपर्ने र धेरै समय लाग्ने कार्यलाई स्थगित गरेर अत्यावश्यक कार्यालय सूचारु गर्नेगरी व्यवस्थापन सेवालाई आंशिक रुपमा स्थगित गरिएको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप