बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य हालसम्मकै उच्च

आइतबार, २५ साउन २०७७, १४ : ४३
आइतबार, २५ साउन २०७७

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यद्यपि सुनको मूल्य एक लाख रुपैयाँ माथि नै रहेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आएको छ । महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर आइतबार सुनको मूल्य घटेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच चाँदीको मूल्य तोलामा हालसम्मकै उच्च बनेको छ । आइतबार  चादी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप