न्युजिल्याण्ड कोरोनामुक्त भएको सय दिन पूरा
आइतबार न्युजिल्याण्ड कोरोनाभाइरसको संक्रमणमुक्त भएको एक सय दिन पुगेको छ । यस दौरान कुनै पनि नयाँ कोरोना संक्रमित फेला परेका छैनन् ।
न्युजिल्याण्डको जनसंख्या मात्र पचास लाख रहेको छ । त्यहाँ धेरैका लागि जनजीवन सामान्य बनिसकेको छ । यहाँ मानिसहरु खचाखच भरिएको स्टेडियमा बसेर रग्बी खेल हेरिरहेका छन् । बिना कुनै डर बार र रेस्टुरेन्ट गइरहेका छन् । साथै मानिसहरु अझै पनि चिन्तित छन् किनभने यो आत्मसन्तुष्टिले भविष्यका लागि पर्याप्त तयारी नुहन सक्छ ।
गत मार्चको अन्तिममा न्युजिल्याण्डमा कडा लकडाउन लागू गरिएको थियो । त्यतिबेला देशमा मात्र १ सय जना कोरोना संक्रमित थिए । सख्त लकडाउनका कारण संक्रमण ब्यापकरुपमा फैलिन पाएन ।
पछिल्लो तीन महिनामा बाहिरबाट आएकाहरुमा पोजेटिभ पाइएका थिए । बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राखिएको कारण उनीहरुले पनि संक्रमण फैलाउन पाएनन् ।
न्युजिल्याण्डमा हालसम्म १५ सय संक्रमित फेला परेका छन् भने मात्र २२ जनाले ज्यान गुमाएका छन् । यसका लागि प्रधानमन्त्री जेसिन्डा अर्डनको विश्वभर प्रशंसा भइरहेको छ । यता, अर्थव्यवस्थालाई पनि उनले सम्हाल्न सफल भएकी छिन् । न्युजिल्याण्डमा बेरोजगारी दर मात्र ४ प्रतिशत रहेको छ ।
स्रोत : बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ