शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनमा देखियो अर्को भाइरस, सतर्क रहन डाक्टरहरुको चेतावनी

आइतबार, २५ साउन २०७७, १६ : ५६
आइतबार, २५ साउन २०७७

एजेन्सी । चीनका चिकित्सकहरुले देशको जनसंख्यालाई अर्को एक भाइरसबाट पनि खतरा रहेको जनाएका छन् । साधारणतया यो संक्रमण किराले टोकेपछि फैलिन्छ, तर मानिसबाट पनि फैलनसक्ने विज्ञहरुले बताएका छन् । 
एसएफटिएस भाइरसले यस वर्ष चीनको पूर्वी जियाङसुर अन्हुुई प्रान्तका झन्डै ६० जनालाई संक्रमित गरिसकेको छ । र, त्यसमध्ये ७ जनाको मृत्यु भएको छ । 

प्राणघातक यस रोगको लक्षणका रुपमा ज्वरो, खोकी, थकान र वान्ता रहेका छन् । त्यस्तै, यसले ह्वाइट ब्लड सेल्सलाई कम गर्दै लान्छ । एसएफटिएस् नौलो रोग भने होइन, यस रोग पहिलोपटक  २००९ मै हुवेइ र हेनान प्रान्तमा देखिएको थियो । 

अहिले फेरि फैलिरहेको यस भाइरसको मृत्युदर १६ देखि ३० प्रतिशत रहेको चिनियाँ इन्फर्मेशन सिस्टम फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ ।  ‘प्रारम्भिक रुपमा यो संक्रमण किराको टोकाइले फैलने भएपनि मानिसबाट मानिसमा हुने संक्रमणलाई नजर अन्दाज गर्न सकिन्न्,’ झिजियाङ विश्वविद्यालयका डाक्टर सेन्ग जिफाङले ग्लोबल टाइम्ससँग भने । रगत वा र्यालबाट यो सर्न सक्ने उनले बताए । 

२०१५ मा यो भाइरस जापान र दक्षिण कोरियामा फैलिएको थियो र त्यतिबेला मृत्युदर ३० प्रतिशतभन्दा माथि थियो । यो भाइरसले वृद्धवृद्धा र प्रतिरोधी क्षमता भएका व्यक्तिमा विशेष हानी गर्छ ।  २०१८ मा विश्व स्वास्थ संगठनले एसएफटिएसलाई इबोला, सार्स र जिकासँगै अध्ययन अनुसन्धान गर्नुपर्ने प्राथमिकता रहेका रोगहरुको सूचिमा राखेको थियो । source-rt.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप