सुटकेशमा तारको आकार बनाएर ‘सुन’ तस्करी, चारजना पक्राउ
काठमाडौँ । सुटकेशभित्र प्रयोग हुने तारको आकार बनाएर सुन तस्करी हुन थालेको छ । आइतबार फ्लाई दुबईको रेस्क्यू फ्लाईटमा बाहिरबाट सेतो रंग लेपन गरेर सुन लिएर आएका चार जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।
शंकास्पद रुपमा सुटकेशमा फेला परेको १ किलो ७ सय ग्राम ‘सुन’ परीक्षण गर्न पठाइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी दयानन्द केसीले रातोपाटीलाई जानकारी दिए ।
विमानस्थल भन्सारले अवैध रुपमा ‘सुन’ लिएर आउने सिता स्याङतान, धन बहादुर विक र दोलखा घर भएका दुईजना सेनाम लामालाई पक्रेको छ ।
‘सुन परीक्षण गर्न पठाएका छौं, बाहिर सेतो लेपन गरिएको छ’ केसीले भने, ‘परीक्षणपछि मात्रै सुन हो–होइन भन्ने थाहा हुन्छ ।’
सुटकेशमा सुन लिएर आउनेहरु दुवईबाट काठमाडौं आएका हुन् । विमानस्थलको एक्सरेले मेसिनले संकेत गरेपछि भन्सारका अधिकारीले उनीहरुको लगेज पुनः चेकजाँच गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’