शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा ५० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

आइतबार, २५ साउन २०७७, २० : ३९
आइतबार, २५ साउन २०७७

अमेरिकामा ५० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जोन हप्किन्स विश्वविद्यालयले संक्रमितको आँकडा ५० लाख नाघेको पुष्टि आइतबार गरेको हो । 

आइतबारमात्रै ५६ हजारभन्दा बढी नयाँ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । आइतबार ज्यान गुमाउनेको संख्या १ हजारभन्दा धेरै छ । कोरोनाबाट सर्वाधिक प्रभावित देश अमेरिकामा कोरोनाका कारण अहिलेसम्म १ लाख ६२ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । 

जोन हप्किन्सका अनुसार आइतबारसम्म ब्राजिलमा ज्यान गुुमाउनेको संख्या १ लाख नाघेको छ । ब्राजिलमा ३० लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । यससँगै विश्वभर संक्रमित हुनेको संख्या पनि २ करोड नजिक छ । विज्ञहरुका अनुसार पर्यात चेकजाँच नहुँदा ठूलो संख्यामा संक्रमितको संख्या अझै पुष्टि हुन बाँकी छ । 

विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित देशको सुचीमा भारत तेस्रो नम्बरमा छ । यहाँ २१ लाखभन्दा धेरैमा संक्रमण देखिएको छ भने ४३ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । 

अति प्रभावित देशको सुचीमा चौथो नम्बरमा रुस छ, जहाँ ८ लाख ८७ हजारभन्दा धेरै संक्रमित छन् । पाँचौ नम्बरमा रहेको दक्षिण अफ्रिकामा ५ लाख ५३ हजारभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । 

स्रोत युएसएटुडे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप