शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सनराइज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा गुल्मीको फुलबारीमा

आइतबार, २५ साउन २०७७, २१ : २१
आइतबार, २५ साउन २०७७

गुल्मी । सनराइज बैंक लिमिटेडले बैङ्किङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैङ्किङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९ औं शाखारहित बैङ्किङ सेवाको सुरुवात गरेको छ । 

शाखारहित बैङ्किङको मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिको उपस्थितिमा उद्घाटन भउको छ ।  

रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको छ । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैङ्किङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने जनाइएको छ ।

यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप