शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लेबनानी दुर्घटनाको ‘शीघ्र तथा प्रभावकारी’ समाधान खोज्नुपर्छ: म्याक्रोँ

आइतबार, २५ साउन २०७७, २३ : १३
आइतबार, २५ साउन २०७७

एजेन्सी । फ्रान्सले लेबनानको राजधानी तथा बन्दरगाह शहर बेरुतमा भएको घातक विष्फोटबाट परेको प्रभावलाई सम्वोधन गर्नुपर्नेमा जोड दिएको छ ।  फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले आइतवार भने, “बेरुत बन्दरगाहमा भएको घातक विष्फोटको कारण पिडामा रहेको लेबनानलाई सहयोग पुर्याउन दातृ देशहरूले ‘शीघ्र तथा प्रभावकारी’ काम गर्नुपर्छ ।” 

“आजको उद्देश्य छिटो र प्रभावकारी रूपमा भूमिमा हाम्रो सहयोगको समन्वय गर्नु हो ताकि यो लेबनानी जनताले सकेसम्म सहज रूपमा राहत पाएको महशुस गरून्,”  लेबनानलाई विस्फोट पहिलेको अवस्थामा पु¥याउने सन्दर्भमा गरिएको संयुक्त राष्ट्रसङ्घीय सहयोग सम्मेलनको उद्घाटन गर्दै उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप