उपत्यकाका ४० प्रतिशत संक्रमित कतै यात्रा नै नगरेका
सोमबार, २६ साउन २०७७, ०७ : ०८
काठमाडौँ उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिएको बताउँछन् । सर्वसाधारणको लापरबाहीका कारण सङ्क्रमण टोल, गल्ली र बस्तीमा फैलिइसकेको आशङ्का बढेकाले उच्च सतर्कता जरुरी भएको हो ।
पीसीआर परीक्षण गर्दा ‘पोजेटिभ रिपोर्ट’ आएकाको यात्रा विवरण हेर्दा बाहिरबाट आउनेको सङ्ख्या ६० प्रतिशत र कहीँ कतै नगएको विवरण उल्लेख गर्नेहरूको सङ्ख्या ४० प्रतिशत छ । बन्दाबन्दी हटेसँंगै असुरक्षित आवागमनका कारण सङ्क्रमण फैलिएको बुझाइ सुरक्षा अधिकारीको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)