शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अझै पूरा भएन लिलाम बिक्री केन्द्र

सोमबार, २६ साउन २०७७, ०९ : २९
सोमबार, २६ साउन २०७७

इलाम । छ वर्षअघि निर्माण शुरु भएको नेपाली चियाको लिलाम बिक्री केन्द्र ९अक्सन सेन्टर० अझै पूरा भएको छैन । क्रेतालाई नेपालमै भित्र्याएर चिया बेच्ने उद्देश्यले अक्सन मार्केट खोल्न शुरु भए पनि अझै निर्माण पूरा भएको छैन ।

अक्सनमार्फत स्थानीय बजारबाटै चिया बेच्नका लागि अक्सन निर्माण गर्न खोजिएको हो । हालसम्म निर्माण पूरा  नहुँदा क्रेताले सबै चिया बाहिरी बजारमै लानुपर्ने बाध्यता छ । छ वर्षअघि अक्सनका लागि रकम छुट्याएर निर्माण शुरु भए पनि निर्माण सम्पन्न हुन् सकेन । “निर्माण शुरु भएको पनि हो, झापामा एउटा घर भाडामा लिएर अफिस र ल्याब सञ्चालनको तयारी गरियो, एक वर्षको भाडा पनि बोर्डले ति-यो तर ठोस काम हुनसकेन ।” चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने, “अक्सन सेन्टर खोल्न व्यवसायीले सर्त राखे । अर्थमन्त्रालयले सम्बोधन गरेन । यसपछि अक्सनका लागि बजेट छैन ।”

सरकार, बोर्ड र व्यवसायीको आ–आफ्नै सर्त र तर्कले अक्सन अल्झिएपछि यसको मार अहिले साना चिया किसानलाई परेको छ । तयारी चिया निर्यात गर्नै समस्या भएको जनाउँदै उद्योगी व्यवसायीले किसानलाई हरियो पत्तीको लागत मूल्यसमेत नदिँदा किसानको घरमा हातमुख जोर्ने समस्या हुन थालेको किसान बताउँछन् । “अक्सन निर्माण नहुनुको मुख्य कारण  राजनीतिक अस्थिरता नै हो”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने, “पुराना सरकार भत्किँदै गए र नयाँ बन्दै जाँदा अक्सन प्राथमिकतामा परेन ।”

अक्सन निर्माण भएर स्थानीयस्तरमै चियाको प्रवद्र्धन गर्न सकिने र चियाको ‘भ्यालू’ पनि बढ्ने उनको अपेक्षा छ । “अन्य देशका ब्रोकर भेला गराएर चियाको जानकारीपछि किन्न लगाइन्छ”,  महासचिव राईले भने, “निर्माणको ढाँचा हेर्न भारतसम्म पनि गइयो तर निर्माण सम्पन्न भएन ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप