दाङमा आंशिक प्राध्यापकहरूले जलाए कुर्सी टेबल
घोरही । आंशिक प्राध्यापकहरूले महेन्द्र बहुमुखी क्याम्पस दाङमा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सीटेबल जलाएका छन् । दुई वटा टेबल, एउटा कुर्सी, विद्युतीय हाजिर मेसिन र क्याम्पस प्रमुखको नेम प्लेट उनीहरुले जनाएका हुन् ।
क्याम्पस प्रमुख दिपाकर शर्मालाई बाहिर निकालेर कार्यकक्षमा तालाबन्दी पनि गरिएको छ । उनीहरुले कामको समान ज्याला पाउनुपर्ने र बौद्धिक शोषण अन्त्य गर्नुपर्ने प्लेकार्डसहित नाराबाजी पनि गरेका थिए ।
नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रूपमा पढाइरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने मागसहित आनदोलन गरिरहेका छन् । माग सुनुवाई नभएपछि ताला लगाउनुपरेको संघका अध्यक्ष बालकृष्ण डाँगीले जानकारी दिए ।
दाङको महेन्द बहुमुखी क्याम्पसमा मात्रै ४२ जना आंशिक प्राध्यापक छन् । माग पूरा नभए क्याम्पसका कक्षा र लेखाशाखामा पनि ताला लगाउने संघले जनाएको छ ।
तस्बिरः नेपाल आंशिक प्राध्यापक संघ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै