प्रदेश ५ मा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु
बुटवल । प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाडका अनुसार रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र रोल्पामा भएका छुटाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो ।
रुपन्देहीको रोहिणी गाउँपालिका–३ बस्ने १८ वर्षकी आषिया दर्जीको इँटा बनाउन माटो निकालिएको खाल्डोमा डुबेर मृत्यु भएको छ । उनी बुवासँगै इँटा उद्योग बस्ने गरेकी थिइन् ।
यता, कपिलवस्तुमा घर भत्काउने क्रममा छतबाट खसेर शिवराज नगरपालिका–३ का चिन्का चौधरीको मृत्यु भएको छ । शिवराज न.पा.–१ बेलउति चोक बस्ने विनोद कुँवरको एक तले घरको ढलान भत्काउने क्रममा छतबाट खसेर मृत्यु भएको हो ।
उता, रोल्पाको परिवर्तन गाउँपालिका–६ टुनिडाँडा बस्ने ३६ वर्षका दलबहादुर बुढा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । उनको अत्यधिक मात्रा मदिरा सेवन गरेको खूलेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अर्घाखाँची सन्धिखर्कमा पनि एक जनाको सुतेकै ठाउँमा मृत्यु भएको छ । प्रहरीका अनुसार सन्धिखक नगरपालिका–८ खाला घर भइ हाल सन्धिखर्क–२ पुरानो बसपाकर्मा बस्ने वर्ष ३५ का गोविन्द खत्रीको सुतेको ठाउँमा बेहोस भएका थिए । सोमबार बिहान श्रीमतीले बेहोस अवस्थामा फेला पारी उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ