तस्विरमा हेर्नुहोस् राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको कोरोना परीक्षण
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको सोमबारदेखि कोरोना परीक्षण शुरु भएको छ । विश्वकप छनौट फुटबलका लागि एन्फाले भदौ १ देखि टिमको प्रशिक्षण सुरु गर्ने योजना बनाएको छ । त्यसैका लागि एन्फाले कोरोना परीक्षण गरेको हो । पहिलो दिन काठमाडौँ बाहिरबाट आएका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । भोलि अन्य खेलाडी तथा प्रशिक्षण टोलीको पनि परीक्षण गरिने बताइएको छ ।
नेपाल सरकारले भदौ १ देखि जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर खेलकुदको प्रशिक्षण गर्नका लागि खुल्ला गरेपछि एन्फाले प्रशिक्षणको तयारी गरेको हो । एन्फाले बिहीवारबाट एन्फा मुख्यालयमा रहेको होस्टल सेनिटाइज गर्ने काम सुरु गरेको थियो । त्यस्तै, एन्फाको सातदोबोटो स्थिति कार्यालय भवन र मैदान पनि निर्मलीकरण गर्ने काम भइरहेको छ । डब्ल्युएचओ र फिफाको गाइडलाइन्सअनुसार एन्फाको मेडिकल टिमले पनि प्रशिक्षण गर्न प्रोटोकल तयार गरिएको बताएको छ । विश्वकप छनोटअन्तर्गत समूह ‘बी’मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै