बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेनको फिल्म ‘हु तु तु’मा हरिवंशदेखि प्रदीपसम्म

सोमबार, २६ साउन २०७७, १५ : ३५
सोमबार, २६ साउन २०७७

काठमाडौं । ‘प्रेम गीत’ सहित तीन सिक्वेल निर्माण गरेका निर्माता सन्तोष सेनले नयाँ निर्माणको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘हु तु तु’ नामक फिल्म निर्माण घोषणा गरेका हुन् ।  फिल्म घोषणासहित उनले फिल्मका लागि छानिएका कलाकारको नाम समेत सार्वजनिक गरेका छन् ।

आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्मका लागि हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेतलगायतका कलाकार छनौटमा परेका छन् । केही कलाकार अझै छनौट हुन बाँकी रहेको निर्माण युनिटले जनाएको छ । 

कमेडी जनरामा बन्ने यो फिल्म छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहनेछ । फिल्मको लेखनका लागि अहिले निर्देशकद्वय गुरुङ र सेन यतिबेला पोखरा छन् । फिल्मको लेखन केही दिनमै सकेर काठमाडौ आफु फर्किने निर्माता निर्देशक सेनले बताए । ‘फिल्मको केही कलाकार समेत छिट्टै छनोट गरेर छायाँकनका लागि जुट्ने छौ’ सेनले थपे ।

सेनको निर्माण निर्देशन रहेको ‘प्रेम गीत ३’ कोरोनाका महामारीका कारण रिलिज स्थगित भएर बसेको छ । फिल्म आगामी चैत्र रिलिज गर्ने निमार्ण युनिटको योजना रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप