शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हाँसीमजाकमै उचालेर पर्छादा मृत्यु

सोमबार, २६ साउन २०७७, १७ : ५५
सोमबार, २६ साउन २०७७

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकामा हाँसीमजाकमै एकजनाको ज्यान गएको छ ।  वडानम्बर ३ सितापुर बस्ने ओमप्रकाश यादबले स्थानीय जंगबहादुर बेलदारलाई उचालेर पर्छादा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मादक पदार्थ सेवन गरी हाँसी मजाक गर्ने क्रममा उचालेर पछार्दा जंगबहादुर बेलदारको ढाड र कम्मरमा चोट लागेको थियो । त्यसपछि उपचारका लागि मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । 
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप