शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वेलारुसमा अनधिकृत जमघट गरेको भन्दै ३ हजार प्रदर्शनकारी पक्राउ

सोमबार, २६ साउन २०७७, १९ : ५६
सोमबार, २६ साउन २०७७

एजेन्सी । बेलारूसका प्रहरीले निर्वाचनपछि भएका प्रदर्शनपछि अनधिकृत जमघटमा भाग लिएको भन्दै करिब तीन हजार मानिसहरूलाई पक्राउ गरेको पुष्टि यहाँको गृहमन्त्रालयले सोमबार बताएको छ । मन्त्रालयले पक्राउ परेका केही व्यक्तिलाई प्रहरीसँग झडप गरेपछि नियन्त्रणमा लिनुपरेको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘पक्राउ परेकामध्ये एक हजार व्यक्ति राजधानी मिन्स्क र बाँकी देशका अन्य भागमा रहेका छन् ।’  

मिन्स्कमा प्रदर्शनकारीहरूले आगजनी गर्दै सडकहरूमा अवरोध खडा गरेका थिए । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको मन्त्रालयले बताएको छ । राजधानीमा झडपमा ५० भन्दा बढी प्रदर्शनकारी र ३० प्रहरी अधिकारीहरू घाइते भएको बताइएको छ । तर सोमबार कसैको मृत्यु भने नभएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप