शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भदौ १५ पछि मात्र बाह्य तथा आन्तरिक हवाई उडान हुने

सोमबार, २६ साउन २०७७, २१ : २४
सोमबार, २६ साउन २०७७

काठमाडौं । सरकारले बाह्य तथा आन्तरिक हवाई उडानमा भदौ १५ गतेसम्म रोक लगाएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले १ भदौबाट खुला गर्ने भनिएको  हवाई उडान थप १५ दिन लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले कोरोनाको जोखिम बढेपछि १ भदौबाट खुला गर्ने भनिएको  हवाई उडान थप १५ दिन बन्द गर्न सिफारिस गरेका थियो ।

यसअघि साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गर्दै लामो दूरीका यातायात, बाह्य तथा आन्तरिक हवाई उडान र विद्यालय भर्ना  भदौ १ गतेदेखि निर्णय गरेको थियो । 

सीसीएमसीले लामो दुरीमा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, विद्यालय भर्ना र परीक्षा जस्ता गतिविधि भदौ १५ सम्म स्थगित गर्न गरेका सिफारिसअनुसार मन्त्रिपरिषदले निर्णय लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप