महामारीप्रति गैरजिम्मेवार बनेको भन्दै चिन्ता व्यक्त
पोखरा महानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैरजिम्मेवार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
वडाध्यक्षहरुका तर्फबाट पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार विज्ञप्ति जारी गर्दै महामारीका समयमा सरकार र पोखरा महानगरपालिकाले विशेष चासो दिन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
महामारीका कारण भयावह अवस्था सिर्जना भएको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय सरकारको मुख ताक्नुभन्दा आफैँ सुरक्षितरूपमा रहनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, कार्यक्रम नगर्न, भीडभाड नगर्न, व्यापार व्यवसाय गर्दा स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी अपनाउन, साबुनपानीले नियमित हात धुन र मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।
पोखरामा १४७ सङ्क्रमित भइरहँदा आइसोलेसन वार्डमा थप श्यया व्यवस्था गर्न काँग्रेसले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी