डब्ल्यूएचओले भन्यो, ‘कोरोना महामारीलाई हराउने आशा अझै जिवित’
संसारभरी कोरोना संक्रमितको मृत्युको आँकडा ७ लाख पार हुँदा र कोरोना संक्रमितको संख्या दुई करोड पुगिसक्दा पनि विश्व स्वास्थ्य संगठनले कोरोना महामारीबाट विजय पाउे आशा अझै पनि बाँकी भएको बताएको छ ।
डब्ल्यूएचओले पूरा संसारलाई प्रभावित गर्ने यो महामारीसँग जुधन्का लागि उठाइएको कदममा कहिले पनि ढिलाइ नभएको स्पष्टिकरण दिएको छ ।
डब्ल्यूएचओका प्रमुख टेड्रनेस एडहनम गेब्रियाससले पत्रकार सम्मेलनमा यस हप्ता संसारभरी संक्रमितको कूल आँकडा दुई करोड पार हुने र मृतकको संख्या साढे सात लाख पुग्ने बताएका छन् ।
उनले भने, ‘यो आँकडा पछाडि एउटा ठूलो पीडा र तनाव लुकेको छ । यो महामारीका कारण गुमेको प्रत्येकको जीवन मूल्यवान छ । मलाई थाहा छ, तपाईंमध्ये धेरैजना यतिबेला पीडामा हुनुहुन्छ र संसारका लागि यो मुश्किलको समय हो । तर आशाको किरण बाँकी नै छ भनेर स्पष्ट गर्न चाहन्छु । यो महामारी नष्ट गर्न अहिले पनि ढिलाई भने भएको छैन ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा