बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट धनुषामा थप एकको मृत्यु

मङ्गलबार, २७ साउन २०७७, ०९ : ३९
मङ्गलबार, २७ साउन २०७७

जनकपुरधाम । कोरोनाभाइरसको संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ । धनुषाकोको विदेह नगरपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोभिड–१९ विशेष अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले जानकारी दिए ।

प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पताल जनकपुरमा करिब २० दिनदेखि आईसीयुमा उपचाररत रहेका सो पुरुषको गत राति कोरोनाको कारण मृत्यु भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले धनुषामा समुदाय स्तरमा कोरोना फौलिसकेको आशंका व्यक्त गरेका छन् । यसअघि आइतवार मृत्यु भएका पुरुषमा सोमबार कोरोनासंक्रमण पुष्टि भएको थियो ।

धनुषामा हालसम्म  ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप