मन्त्रीकै क्षेत्रमा सडकको कन्तबिजोग, निर्माणमा अवरोध भएको भन्दै स्थानीयको आन्दोलन
काठमाडौं । विगत सात वर्षदेखि हिलाम्मे भएको सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपास क्षेत्रका स्थानीय आन्दोलित भएका छन् । मंगलबार बिहान बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा स्थानीयले सरकार बाटो चाडै बनाउन माग गर्दै विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हडपेर बिना लालपुर्जा किनबेच समेत गरिएको बताइन्छ । सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो ।
एउटा भग्नावशेष घर बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ । तर ती टहरामा बसीरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानीय सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका हुन् ।
२०१७ सालसम्म सार्वजनिक जग्गामा विद्यालय रहेको र उक्त विद्यालय पछि तरुण माविमा गाभिएपछि खाली रहेको सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई सरकारले घर वापत आवश्यक मुअब्जा २०७१ सालमै दिइसकेको छ । मुअब्जा पनि लिने सार्वजनिक जग्गा पनि अझै आफूहरुकै भएको भन्दै केही व्यक्तिले सडक निर्माणको विरोध गरिरहेको भन्दै बालाजु बाइपासमा बसोबास गर्दै आएका अन्य स्थानीय विरोधमा उत्रिएका हुन् ।
बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन् । आफूहरुको समस्या समाधानका लागि सरकारले पहल गरेपनि सार्वजनिक जग्गा हडपेकाहरुले अनावश्ययक दुख दिएकाले आफुहरु सडकमा उत्रिएको स्थानीयको भनाइ छ । सो क्षेत्र सहरीविकास राज्यमन्त्री रामवीर मानन्धरको निर्वाचन क्षेत्र पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन