बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उत्पादित बिजुली बेच्न नपाउँदा चिलिमेको झिनो नाफा

मङ्गलबार, २७ साउन २०७७, १३ : १५
मङ्गलबार, २७ साउन २०७७

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनील ०.२५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको यस कम्पनीको विवरण अनुसार नाफा सामान्य मात्र बृद्धि भएको छ । 

कम्पनीको नाफा ७४ करोड ८० लाख ५९ हजार रुपैयाँ पुगेको  छ । अघिल्लो वर्ष यसैअवधिमा चिलिमेले ७४ करोड ६२ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले उत्पादन गरेको सबै विद्युत बिक्री गर्न नसक्दा उल्लेख्य नाफा गर्न नसकेको कम्पनील जनाएको छ ।  लकडाउनका कारण नेपाल विद्युत प्राधिकरणलाई सम्झौताभन्दा बढी विद्युत बिक्री गर्न नपाएको चिलिमेको भनाइ छ । 

विद्युत बिक्रीबाट हुने आम्दानी २.५४ प्रतिशतले घटेर १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष चिलिमेले विद्युत बिक्रीबाट १ अर्ब १७ करोड ४ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चौथो त्रैमाससम्ममा चुक्ता पुँजी २० प्रतिशतले बढेर ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।  प्रतिसेयर आम्दानी २ रुपैयाँ ५८ पैसाले घटेर १३ रुपैयाँ १० पैसा भएको छ । चिलिमेको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २४ पैसा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप