शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, २८ भदौ २०७४, ०५ : १६
बुधबार, २८ भदौ २०७४

बि.स.२०७४ भाद्र २८ गते । बुधबार । ईश्वी सन् २०१७ सेप्टेम्बर १३ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । आश्विन कृष्ण पक्ष । तिथि अष्टमी ४३ घडि ४२ पला,रातको ११ बजेर १७ मिनेट उप्रान्त नवमी । नक्षत्र रोहिणी ०५ घडी ४६ पला,बिहान ०८ बजेर ०६ मिनेट उप्रान्त मृगशिरा । योग बज्र  ०९ घडि १४ पला,बिहान ०९ बजेर ३० मिनेट उप्रान्त सिद्धि । करण बालव, दिउसो १२ बजेर ३० मिनेट उप्रान्त कौलब,रातको ११ बजेर १७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा शुभ योग । चन्द्ररासि बृष बेलुका ७ बजेर १७ मिनेट उप्रान्त मिथुन । अष्टमी श्राद्ध । गोरखकालि पूजा । जितिया पर्व । जीवत्पुत्रिका व्रत । माहालक्ष्मी व्रत समाप्ती ।

 

काठमाडौंमा सूर्योदय ०५ बजेर ४८ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ०९ मिनेट जादा । दिनमान ३० घडी ५२ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुँनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुँनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुँन सक्छ । लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोका तथा मनमुटाव हुँनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाई लेखाईमा राम्रो प्रगति गरि नाम कमाउँन सकिनेछ भने शिक्षा क्षेत्रको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुँने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  माया प्रेममा आफ्नो मायालुसँग दुरि बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने सम्भावना रहेकोछ भने बिवादित बिषयहरु तपाईको पक्षमा सुनुवाई नहुँदा मन खिन्न हुँनेछ । काम गर्ने सवालमा  शक्तिशालि व्याक्तिहरुसँग प्रतिष्पर्धा गर्नुपदा आफु कमजोर भईनेछ । नोकरिमा झै झमेलाको सामना गर्नुपर्नेछ भने तपाईको खुट्टा तान्नेहरु सक्रिय लाग्नेछन् ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानि नहुँदा चिताएको काम सम्पादन गर्न सकिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । भाग्लेले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नचाहादा नचाहादा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिएपनि आम्दानि न्युन हुँने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेत । प्रेममा धोका हुँने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहकोछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँने हुँनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुँनु होला । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुँनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । आश्वासन दिनेहरुले फसाउन सक्छन् । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । 

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपाईको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् । पढाई लेखाईमा मन जाने हुँनाले प्रतिष्पर्धिहरुलाई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुँने योग रहेकोछ । 

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समाजसेवामा समय व्यातित हुँनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।  माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुँनेछ । छोटो यात्रा हुँने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुँन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउँनु पर्नेछ ।

 

तपाईको दिन शुभ रहोस् । 

ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौ, फोन नं.९७४१०६८९६२

 

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप