शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण

मङ्गलबार, २७ साउन २०७७, १५ : ०९
मङ्गलबार, २७ साउन २०७७

कैलाली । सुदूरपश्चिममा थप १० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४६ जनामा गरिएको परीक्षणमा थप  १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेमा मालिकाअर्जुन दार्चुलाका वर्ष २५, २७, ३५ का ३ पुरुष, मार्मा ३ दार्चुलाका २६ र २७ का २ पुरुष, धनगढी ७ कैलालीका २७ वर्षीय १ पुरुष, धनगढी ३ कैलालीका ३६ वर्षीय १ पुरुष, बेलडाडी २ कञ्चनपुरका २५ वर्षीय १ पुरुष र बेलौरी कञ्चनपुरका ३५ र ३० वर्षका २ पुरुषमा संक्रमण पुष्टि भएको  सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

उनले यस अस्पतालबाट हालसम्म २० हजार २८४ जनाको कोभिड १९ जाँच गरिएको र १८ हजार ७१७ जनामा नेगेटिभ रिजल्ट आएको  बताए ।  उनका अनुसार अहिलेसम्म १५ सय ६७ जना फेला परेका संक्रमित छन भने १८९ शंकास्पद संक्रमितको उपचार भएको छ । जसमध्ये  ८४ जना निको भई घर गइसकेको श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप