शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनरल इन्सोरेन्सको प्रिमियम भुक्तानी आइएमई पेका एजेन्ट पार्टनरबाट गर्न सकिने

मङ्गलबार, २७ साउन २०७७, १५ : १९
मङ्गलबार, २७ साउन २०७७

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेड बीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्ने छन् ।
 
झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप