शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा एकै वडाका ८ जनामा देखियो कोरोना

मङ्गलबार, २७ साउन २०७७, १५ : ५७
मङ्गलबार, २७ साउन २०७७

सिरहा । सिरहामा एकै वडाका ८ जनामा कोरोना (कोभिड १९) पोजेटिभ देखिएको छ । नगरपालिकाले सञ्चालन गरेको जनता माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका सुखीपुर नगरपालिका–९ वैशखाका ८ जना पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

सुखीपुर नगरपालिकाबाट ८३ जनाको स्वाव टेष्ट गरिएकोमा क्वारेन्टाइनमा रहेका ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्देश्वर मण्डलले जानकारी दिए । राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा उनीको स्वाव परीक्षण गरिएका उनीहरुको रिपोर्ट आजै बिहान आएको हो ।

रोजगारीको क्रममा भारतको हरियाना पुगेका उनीहरु केहि दिनअघि आएर स्वारेन्टाइनमा बसेका थिए ।  उनीहरु ४२, २८, २६, २९, २२, २१, २५ र ३५ वर्षीय पुरुष हुन् । कोरोना पोजेटिभ देखिएका उनीहरु सबैलाई थप उपचारको लाग सिराहाको धनगढी नगरपालिका– ११ मा रहेको महेन्द्र गेनाई अस्थायी कोरोना अस्पताल लगिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप