बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका कार्यकर्ताले घेरे ईलाका प्रहरी कार्यालय

मङ्गलबार, २७ साउन २०७७, १७ : १३
मङ्गलबार, २७ साउन २०७७

बारा । बारामा प्रहरी निरीक्षकलाई कारवाहीको माग गर्दै सत्तारुढ नेकपाका कार्यकर्ताले ईलाका प्रहरी कार्यालय सिम्रौनगढ घेराउ गरेका छन् । मंगलबार नेकपाका नेता तथा कार्यकर्ताहरुले ईप्रका सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र तमाङमाथि कारवाही गर्न माग गर्दै नारा जुलुससहित प्रहरी कार्यालय घेराउन गरेका हुन् ।

प्रहरी निरीक्षक तामाङले सिमावर्ती क्षेत्र भारत तर्फबाट ल्याइने मल खाद्य जफत गर्ने र किसानलाई पक्राउ गरी कुटपिट गर्ने गरेको आरोप लगाउदैँ उनीहरुले प्रहरी कार्यालय घेराउ गरेको बताएका छन् । नेकपा बाराका जिल्ला सदस्य श्यामकिशोर यादवले किसानलाई विभिन्न बाहानामा प्रहरीले दुःख दिने, स्थानीय बजारमा चोरी हुँदा समेत चोरलाई पक्राउ गर्न आलटाल गर्ने, केही व्यक्तिसँग मिलेर तस्करको इसारामा काम गर्ने गरेको आरोप लगाए ।

जुलुस समापन पूर्व आयोजित कोणसभामा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्र्चाज डा.गोपाल ठाकुरले प्रहरी निरिक्षक तामाङको व्यवहार एकपक्षीय भएको, जनताप्रति उत्तरदायी कार्य नगरेको र किसानलाई दुःख दिएको भन्दै तत्काल कारवाही गर्न माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप