बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१०० दिनपछि न्यूजील्याण्डमा फेरि देखापर्यो कोरोनाभाइरस

मङ्गलबार, २७ साउन २०७७, १७ : ५४
मङ्गलबार, २७ साउन २०७७

कोरोनाभाइरसमाथि विजय पाएको १०२ दिनपछि न्यूजील्याण्डमा फेरि कोरोनाभाइरसको संक्रमण देखापरेको छ ।

मुलुककै सबैभन्दा ठूलो शहरमध्येका एक अउकल्याण्डमा आजै मंगलबार एउटै परिवारका चारजनामा कोरोनाभाइरसको संक्रमण फेला परेको छ । अझैसम्म स्रोत फेला पर्न नसकेको कोरोनाभाइरसका संक्रमणको सो केस देखापरेपछि न्यूजील्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डनले घरमै बस्नुपर्ने गरी लकडाउनको आदेश जारी गरेका छन् ।

न्यूजील्याण्डले कोरोनाभाइरसमाथि विजयप्राप्त गरेको १०० दिन नाघेकोमा सारा विश्वले न्यूजील्याण्ड सरकारको तारिफ गरिरहेको थियो । विश्व स्वास्थय संगठनले त ‘समुदाय संक्रमणलाई न्यूजिल्याण्डले सफलतापूर्वक निर्मुल पारेको भनी प्रशंसा नै गरेको थियो ।

त्यसो त न्यूजील्याण्डमा देखापरेको संक्रमणको यो नयाँ केसलाई आश्चर्यको रुपमा चाहिँ लिइएको छैन । प्रधानमन्त्री जसिन्डा आर्डनले भनेकी छिन्, ‘हामीले यो अवस्था आउन नदिनको लागि कडा मिहिनेत गरेका छौं तर हामीले यो अवस्था आउन सक्ने स्थितिको लागि तयारी पनि गरेका छौं ।’

‘न्यूजील्याण्डमा अरु थप समुदाय संक्रमणका केसहरु देखापर्न सक्ने पन्छाउनै नसकिने कुरा थियो, किनभने यो निक्कै चलाख भाइरस हो,’ मुलुकका स्वास्थ्य महानिर्देशक एस्ले ब्लुमफिल्डले भनेका छन् ।

बुधबारदेखि लागू हुने गरी न्यूजील्याण्डमा कोरोनाभाइरस नियन्त्रणको तेस्रोतहको प्रावधान लागू गरिएको छ । यसअनुसार, मानिसहरु घरमै बस्नुपर्नेछ । साथै, स्कुल, बार तथा अन्य थुप्रै व्यवयायहरु तीन दिनका लागि बन्द गरिनेछ ।

त्यसैगरी, मुलुकका बाँकी भागहरुमा दोस्रो तहको प्रावधान लागू गरिनेछ । यसअनुसार मानिसहरुले सामाजिक दूरी कायम गर्नुपर्नेछ ।

न्यूजील्याण्डमा गत मे १ यता समुदाय संक्रमणको केस देखापरेको थिएन । अहिलेसम्म न्यूजील्याण्डमा संक्रमणका १५७० केसहरु देखापरेका छन् जसमा २२ जनाको निधन भएको छ ।

अलजजिराबाट Title Photo: https://www.aljazeera.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप