शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुकुम चौरजहारी घटनाका मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय

मङ्गलबार, २७ साउन २०७७, १८ : १३
मङ्गलबार, २७ साउन २०७७

काठमाडौं । सरकारले रुकुम पश्चिम चौरजहारीमा गत जेठ १० गते भएको घटनाका मृतकका परिवारलाई प्रति परिवार १० दश लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ  । यस्तै घाइतेहरुको उपचार गर्दा लागेको बील बमोजिमको उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए  । 

अन्तरजातिय विवाहको विषयलाई लिएर भएको घटनामा भेरी नगरपालिका ९ जाजरकोटका नवराज वि.क., गणेश बुढामगर, लोकेन्द्र सुनार, संजिव वि.क., गोविन्द शाही,  जाजरकोट इन्द्रबहादुर शाही, टिकाराम सुनारको ज्यान गएको थियो । उनीहरुको परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको हो । यस्तै १२ जना घाइतेहरुको उपचार खर्चको बिलअनुसारको रकम उपलब्ध गराउने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप