भारतीय सिरियल ‘तेनाली रामा’मा नेपाली निरिशा
काठमाडौं । फिल्म ‘जानी नजानी’ बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी अभिनेत्री निरिशा बस्नेत फेरि भारतीय सिरियलमा पनि देखिने भएकी छन् । उनी हिस्टोरिकल फिक्सन भारतीय सिरियल ‘तेनाली रामा’मा देखिन लागेकी हुन् । सिरियलमा उनको केमियो भूमिका रहेको छ । जसको छायाँकन उनले सकाइसकेकी छन् ।
सिरियलमा आफ्नो भूमिका केमियो भएपनि बलियो रहेको उनले बताउँदै आएकी छन् । ‘सब टिभी’ प्रसारण हुने बताइएको सिरियल अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो । केही पहिले भारतीय चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा अभिनय गरेकी बस्नेतले नेपाली फिल्म ‘जानी नजानी’ समेत अभिनय गरेकी छन् । यो उनको नेपाली डेब्यु फिल्म पनि हो ।
बस्नेत अहिले एक साउथ फिल्म अभिनयरत छिन् । लकडाउनका कारण फिल्मको छायाँकन रोकिएको छ । कोरोनाको कहर सामान्य भएपछि उक्त फिल्मको छायाँकन हुने उनले बताइन् । निरिशा पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनी बलिउड फिल्म अभिनयका लागि भारतमा संघर्षरत मोडल पनि हुन् । तस्बिर: फेसबुकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै