शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, यी हुन् अर्को सूचना नआएसम्म बन्द हुने अन्य सेवा

मङ्गलबार, २७ साउन २०७७, १९ : ०९
मङ्गलबार, २७ साउन २०७७

काठमाडौं । शैक्षिक संस्थाहरु अनिश्चितकालसम्मका लागि बन्द हुने भएका छन् । सरकारले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द रहने जनाएको हो ।  सोमवार बसको  मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गर्दै  सरकारका प्रवक्ता डा.युवराज खतिवडाले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिएका हुन् ।

‘शैक्षिक संस्था, सेमिनार, पाटी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ’ डा. खतिवडाको भनाई छ । मन्त्रिपरिषद्को बैठकले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो । जसअनुसार शिक्षकलाई भदौं १ अगाडि नै विद्यालयमा पुग्न भनिएको थियो । तर पछिल्लो निर्णयले अघिल्लो निर्णय खारेज भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप