शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार अभियोगमा एसएसपी पुर्पक्षका लागि जेल चलान

मङ्गलबार, २७ साउन २०७७, २१ : १०
मङ्गलबार, २७ साउन २०७७

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र कुमार अधिकारी पुर्पक्षका लागि जेल चलान भएका छन् । 

जिल्ला अदालत कास्कीका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम उनी जेल चलान भएका हुन ।

पोखराको लामापाटनमा रहेको सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका प्रमुख अधिकारीमाथि एक महिलालाई आफ्नै क्वार्टरमा बोलाएर जबरजस्ती गरेको अभियोग थियो । 

एक युवतीलाई आफ्नो क्वाटरमा खाना खान बोलाएर बलात्कार गरेको आरोपमा एसएसपी अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले ३१ असारमा पक्रेको थियो । 

प्रहरीले घटनाको अनुसन्धान गरी गत बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालय कास्कीमा अधिकारीको फाइल पेश गरेको थियो । न्यायाधिवक्ताको कार्यालयले आइतबार जिल्ला अदालतमा पेश गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप